पाथीभरा संवाददाता
ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हनेमा जिल्लाको पाथीभरा याङवरक गाउँपालिका ४ डुमृसेका बलबहादुर तामाङका २१ वर्षीय छोरा रोशन तामाङ रहेका छन् । शिवानी हाइड्रोपावरले निर्माण गरेको ड्यामममा पौडि खेल्ने क्रममा बिहीबार अपराह्न ४बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ । शव अहिले घट्नास्थलमै रहेको छ । कानुनी प्रक्रिया पुरा गर्नका लागि प्रहरीको टोलि घटनास्थलतर्फ प्रस्थान गरिसकेको बताइएको छ ।
यो पनि पढ्नुहोस
झापामा नहरमा डुबेर दुई जना बालबालिकाको ज्यान गयाे
झापाको शिवसताक्षी नगरपालिका–९ मा रहेकाे कन्काई नहरमा पौडी खेल्न गएका दुई जना बालबालिकाको हिजाे डुबेर ज्यान गएकाे छ ।शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र त्यही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।
बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसम्म नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । यस क्रममा शिवसताक्षी–९ काे कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो ।इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।