साउदी अरबविरूद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर - Epathivara

एजेन्सी – साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताको इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारी साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन्। ‘वाल स्ट्रिट जर्नल’का अनुसार ट्वीटरइंकका पूर्व कर्मचारी ४४ वर्षीय अहमद अबुआम्मोले लक्जरी घडी र लाखौं डलर लिएर साउदी अरबका आलोचकहरूसँग सम्बन्धित निजी प्रयोगकर्ताको जानकारी दिएका थिए।

सान फ्रान्सिस्कोको संघीय न्यायलयमा मंगलबार ११ सदस्यीय न्यायाधीशको इजलासले उनलाई सम्पत्ति शुद्धिकरण रेकर्डमा जालसाजी र ‘वायर फ्रड’को एकाउन्टमा पनि दोषी ठहर गरेको थियो। अबुअम्मो अन्य पाँच वटा अभियोगमा निर्दोष ठहरिएका छन्। अबुआम्मोले सन् २०१३ देखि २०१५ सम्म ट्वीटरमा काम गरेका थिए भने मध्यपूर्व र उत्तरी अफ्रिकाका उच्च प्रोफाइल प्रयोगकर्ताहरूसँग मिडिया साझेदारीको व्यवस्थापन गरेका थिए।

सञ्चार पोर्टलका अनुसार उनले साउदी सरकारको आलोचना गर्ने इमेल एकाउन्ट र फोन नम्बरहरू साउदी अधिकारीलाई पटक पटक उपलब्ध गराएका थिए, जसमा बेनामी रूपमा सञ्चालित अकाउन्ट ’मुज्तहिद’ पनि समावेश थियो। अभियोजक एरिक चेङले गत साता अन्तिम बहसमा अबुअम्मोले करिब एक वर्षसम्म आफ्नो वार्षिक तलबको तीन गुणा बढी घूस लिएको बताएका थिए।

‘हामी सबैलाई थाहा छ कि यस प्रकारको पैसा कुनै पनि चीजको लागि होइन। यद्यपि, ट्वीटरले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ। अबुअम्मो बुधबार अदालतमा सुनुवाइका लागि उपस्थित हुने कार्यक्रम छ। अमेरिकी सरकारले लेबनानी मुलका अमेरिकी नागरिक अबुअम्मोलाई साउदी सरकारको ओहदामा उक्लँदै गरेका बादर बिनासेकर नामका व्यक्तिले उक्त योजनामा सामेल गराएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय