निर्वाचनका लागि आयोगद्वारा आइतबारदेखि दल दर्ताको आह्वान - Epathivara

काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि अर्थात साउन २२ गतेदेखि दल दर्ताको आह्वान गरेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि समय दिएको छ । दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने आयोगले जनाएको छ।

सरकारले मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन एकैचरणमा गर्ने निर्णय गरेसंगै आयोगले प्रक्रिया अगाडि बढाएको हो।

आयोगका अनुसार दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी र सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय र प्रदेशस्तरको कार्यकारिणी समितिको निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय