चीनद्वारा अमेरिकी सभामुख पेलाेसीमाथि प्रतिबन्धको घाेषणा - Epathivara

चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलाेसीमाथि प्रतिबन्ध घाेषणा गरेकाे छ ।

पेलाेसीले ताइवान भ्रमण गरेर आफ्नाे आन्तरिक मामिलामा हस्तक्षेप गरेकाे भन्दै चीनले पेलाेसी र उहाँकाे परिवारमाथि प्रतिबन्ध घाेषणा गरेकाे हाे । केही दिनअघि मात्रै पेलाेसीले ताइवान भ्रमण गरेपछि चीन रिसाएकाे छ र ताइवान नजिककाे क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेकाे छ ।

चीनका विदेशमन्त्री वाङ्ग यीले एक विज्ञप्ति निकालेर भनेका छन, ‘पेलाेसीले चीनकाे आन्तरिक मामिला गम्भीर हस्तक्षेप गरेकी छिन् र चीनकाे सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई क्षति पुर्‍याएकी छिन् । चीनकाे एक चीन नीतिलाई कुल्चिने प्रयास गरेकी छिन् र ताइवानकाे क्षेत्रमा शान्ति र स्थिरतामा नाेक्सान पुगेकाे छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर