पुन्च। पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) को पुन्च क्षेत्रमा सुरक्षा बलहरूले उनीहरूमाथि अन्धाधुन्ध गोली चलाउँदा धेरै प्रदर्शनकारीहरू घाइते भएका छन्। उक्त घटनामा कम्तीमा ६५ स्थानीयलाई अहिलेसम्म पक्राउ गरिएको छ र ती मध्ये ३० जनालाई आतङ्कवादी कानून अन्तर्गत मुद्दा लगाइएको स्रोतले जनाएको छ।
उच्च मुद्रास्फीति र पाकिस्तानी अधिकारीहरूले आधारभूत मानव अधिकारको वास्ता नगरको विषयलाई लिएर पीओके व्यापक विरोध प्रदर्शनहरू भइरहेका छन्। पुन्चको पागली क्षेत्रमा स्थानीयहरूले मुख्य राजमार्गमा अवरुद्ध गरेर विरोध प्रदर्शन गरिरहेका थिए। राजमार्ग अवरुद्ध गरेको भन्दै पाकिस्तानी सुरक्षा बल र स्थानीय पुलिसले उनीहरूलाई तितरबितर गर्न अन्धाधुन्ध गोली चलाएको थियो। तीमध्ये धेरै गम्भीर घाइते भएका छन् र मृतकको सङ्ख्या अधिकारीहरूले खुलासा गरेका छैनन्।
‘प्रहरीले हामीमाथि सीधा गोली चलाएकोले यो राज्यको आतङ्कवाद हो। यसको हामी घोर भर्त्सना गर्दछौँ। के हाम्रो आधारभूत अधिकारको लागि आवाज उठाउनु अपराध हो? म स्थानीय युवाहरूलाई ठूलो सङ्ख्यामा भेला हुन र राज्यको अत्याचारको उचित जवाफ दिन अनुरोध गर्दछु,’ एक स्थानीयले भने।
पागली क्षेत्रका बासिन्दाले राज्यको अत्याचारविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेका छन्। पीओकेका जनतालाई आधारभूत अधिकारबाट वञ्चित गरिएको छ र उनीहरूले उच्च मुद्रास्फीति, कमजोर शिक्षा र स्वास्थ्य सुविधाहरू जस्ता धेरै चुनौतीहरूको सामना गरिरहेका छन्।