काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ केही घटेको छ ।
आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदी १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।