गत साउन १४ गते घोषणा गरिएको अनेरास्ववियू (क्रान्तिकारी) ताप्लेजुङको जिल्ला भेला अवैधानिक रहेको दावी - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, साउन १७ गते । गत साउन १४ गते घोषणा गरिएको अनेरास्ववियू (क्रान्तिकारी) ताप्लेजुङको जिल्ला भेला आयोजक कमिटि अवैधानिक रहेको दावी गरिएको छ ।

 

मंगलबार आज अनेरास्वविय (क्रान्तिकारी)का जिल्ला अध्यक्ष झरेन्द्र तिवारी र सचिव अनिता पन्दाकले विज्ञप्ती जारी गर्दै भ्रममा नपर्न आग्रह गरेकाछन् । अनेरास्ववियू (क्रान्तिकारी) को विस्तारित बैठकको भ्रम छरेर ७ जना पदाधिकारी मध्ये २ जनाको मात्रै उपस्थिती र ५७ जना सदस्य मध्ये एक तिहाई भन्दा कमको सहभागितामा भएको बैठक अवैधानिक रहेको विज्ञप्तीमा जनाईएको छ । “अनेरास्ववियू (क्रान्तिकारी) ताप्लेजुङको नाममा जिल्ला सम्मेलन समिति संयोजक तेन्जित कार्की र सहसंयोजक तारा श्रेष्ठ रहेको जिल्ला सम्मेलन आयोजक समिति अवैधानिक समिति रहेको जानकारी गराउँदछौँ ।” विज्ञप्तीमा भनिएको छ–“सवै राजनितिक दलहरु सचि क्रान्तिकारी न्यायप्रेमी विद्यार्थीहरु भ्रममा नपर्नुहोला ।”

यस्तै संगठनलाई अनाधिकृत रुपमा सञ्चालन गर्न खोज्ने भन्दै संगठनका सहसचिव तेन्जित कार्की र कोषाध्यक्ष तारा श्रेष्ठ र सचिवालय सदस्य काजीमान विष्टलाई विज्ञप्ती मार्फत यस्ता गतिविधी नर्गन सचेत गराईएको छ । अन्यथा संगठनको विधान बमोजिम आवश्यक प्रक्रिया अघि बढाईने समेत चेतावनी विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय