दिपेश आङबुहाङको अध्यक्षतामा ताप्लेजुङ जिल्ला रेफ्री संघ गठन - Epathivara

ताप्लेजुङ । दिपेश आङबुहाङको अध्यक्षतामा ताप्लेजुङ जिल्ला रेफ्री संघको तदर्थ समिति गठन गरिएको छ । शनिबार सदरमुकाममा आयोजिक कार्यक्रमका वीच ताप्लेजुङ जिल्ला फुटबल संघ अन्र्तगतको रेफ्रि संघ गठन गरिएको जिल्ल फुटबल संघका अध्यक्ष असोक चेम्जोङले जानकारी दिनुभयो ।

तर्दथ समितिको उपाध्यक्षमा विश्वराज राई, महासचिवमा सन्तान मादेन र कोषाध्यक्षमा मौसम अन्छङ्वो रहनु भएको छ । यस्तै समितिमा मोतिहाङ थलङ, बिबश लिम्बू, प्रताप साँवा, अपिल राई, मनोज लिम्बू, सञ्जित साँवा र बिपुल दाहाल सदस्य रहनु भएको संघका महासचिव दिनेश खवासले बताउनुभयो । यसैविच जिल्ला रेफ्री संघमा टिकेन्द्र नेपाली संयोजक रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा शिवहरि निरौला, गीत पालुङवा र रगुन गोम्देन सदस्य रहनु भएको छ ।

यसअघि उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र माबो ‘गणेश’ले जिल्लामा खेलका गतिविधी सञ्चालन गर्न मैदानको अभाव भएकाले समस्या भएको बताउनुभएको थियो ।

यस्तै लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष नारायण थापाले पनि यसवर्ष पाथिभरा गोल्डकप सञ्चालन गर्न नसक्नुको कारण पनि खेलमैदानको समस्याका कारण भएको बताउनुभयो ।

कार्यक्रम जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एन्फामा आवद्ध खेलकुद क्लवका अध्यक्ष तथा प्रतिनिधी र अनुमति प्राप्त रेफ्रिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर