अखिल(क्रान्तिकारी) ताप्लेजुङको जिल्ला भेला आयोजक कमिटि गठन - Epathivara

ताप्लेजुङ । तेन्जित कार्कीको संयोजकत्वमा अखिल (क्रान्तिकारी) ताप्लेजुङको जिल्ला भेला आयोजक कमिटि गठन गरिएको छ । शनिबार सम्पन्न संगठनको विस्तारित बैठकले जिल्ला भेलाका लागि कार्कीलाई संयोजक र तारानाथ श्रेष्ठलाई सहसंयोजक तोकेको अखिल क्रान्तिकरीका केन्द्रिय कमिटिका संगठन विभाग सचिव किरण लिङ्देनले जानकारी दिनुभयो ।

भेला आयोजक कमिटि ९९ सदसिय रहेको छ । कमिटिले आगामी पुस मसान्त सम्ममा भित्रमा भेला आयोजना गर्ने बताईएको छ । लिङ्देनका अनुसार असोज मसान्तसम्ममा ईकाई सम्मेलन, मंसिर मसान्तसम्ममा पालिका सम्मेलन गर्ने तयारी गरिएको छ ।

विस्तरित बैठक नेकपा (माओवादि केन्द्र) १ प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मि अन्छङ्वोको उपस्थितीमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर