नेपाल र भारतबीच भएको जीटूजी सम्झौता अनुसार रासायनिक मल आउने - Epathivara

काठमाण्डौ । नेपाल र भारतबीच भएको जीटूजी (सरकारदेखि सरकार) सम्झौता अनुसार रासायनिक मल आउने निश्चित भएको छ । गएको फागुनमा दुई देशबीच पाँच वर्षका लागि जीटूजीको माध्यमबाट मल खरिद गर्ने सम्झौता भएको थियो । सम्झौताको ६ महिनापछि मल नेपाल आउने निश्चित भएको त्यसका लागि सरकारले तत्काल पैसाको व्यवस्था गर्नुपर्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए ।

भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर लिमिटेडबाट नेपालले मल खरिद गर्ने सम्झौता गरेको छ । भारत सरकारसँग मूल्य, ढुवानीलगायत अन्य सबै कुरामा सहमति भएको छ । भारतले नेपालको भण्डार स्थलसम्म मल ल्याइदिने सम्झौता गरेको छ । भारतले आफूले खरिद गरेको मल नेपाललाई दिने प्रमुख कार्कीले जानकारी दिए । नेपाल र भारतबीच पाँच वर्षका लागि रासायनिक मल आपूर्ति गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार पहिलो वर्ष १ लाख ५० हजार मेट्रिक टन दिने र त्यसपछि हरेक वर्ष १० प्रतिशत वृद्धि गर्दै जाने सहमति भएको हो । देशभर झन्डै ८० प्रतिशत रोपाइँ सकिएपछि बल्ल मल आउने सुनिश्चित भएको छ । यो मल गहुँ बालीका लागि मात्रै आउनेछ । एक लाख मेट्रिक टनका लागि गरिएको ग्लोबल टेन्डरमध्ये ३० लाख मेट्रिक टन कोलकाता बन्दरगाहमा आइपुगेको र १र२ दिनभित्रै नेपाल भित्रिन सुरु हुने पनि सरकारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर