ताप्लेजुङ । गायक तथा संगितकार ब्रोसिश माबोहाङ लिम्बूको ‘सोल्टीनी ज्यू’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । निर्देशक सुमन कुरुङ्बाङको निर्देशनमा तयार भएको भिडियोलाई शुक्रबार हाङ अनलाईन टिभी नामक युटुब च्यानलमा मार्फत सार्वजनिक गरिएको हो ।
शव्द, संगित तथा स्वर गायक माबोहाङको रहेको गीतको भिडियोमा मोडल समिर माबो लिम्बू र श्रेया श्रेङ्चोङ्बाङले अभियन गरेका छन् । ताप्लेजुङ सदरमुकामको फुङलिङ आसपासका क्षेत्रमा छायाङ्कन गरिएको भिडियोको निर्माता कौशिला चोङ्बाङ लिम्बू हुन् ।
भिडियोको कथा लेकाली कान्छा मुकुमले लेखेका हुन भने निर्देशन तथा सम्पादन सुमन कुरुङ्बाङ र कलरिङ नविन निरौलाले गरेका हुन् । भिडियोमा सोल्टीनी सँगको माया प्रितीको विषय समेटिएको छ । यसअघि निर्माण पक्षले फुङलिङ नगरपालिकाका मेयर अमीर मादेनको उपस्थितीमा विमोचन गरेको थियो ।
सो समारोहमा बोल्दै नगरप्रमूख मादेनले यहाँका सांस्कृतिक पहिचान र पर्यटकिय स्थलको प्रचारमा सहयोग पुर्याउने खालका दृश्य सामग्री निर्माणमा नगरले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । विमोचन समारोहका कलाकार, विभिन्न संघसंस्थानका प्रमूख तथा प्रतिनिधी र संञ्चारकर्मीको उपस्थिती रहेको थियो ।