दक्षिण–पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च स्थानका १७ हजार बढी नागरिकलाई स्थानान्तरण गरिने भएको छ ।
जीवनस्तर उकास्ने र पठार क्षेत्रको कमजोर पारिस्थितिक प्रणालीको संरक्षण गर्न सो स्थानका १७ हजार ५ सय ५५ नागरिकलाई नाग्कु सहरमा स्थानान्तरण गरिन लागिएको हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको गरिबी निवारण कार्यक्रमले विकासको पूर्वाधार पु¥याउन कठिन हुने उच्च हिमाली क्षेत्रको पातलो बस्तीलाई एकीकृत बस्ती बनाइ उनीहरूलाई आधुनिक जीवनशैली विकास गर्ने नीतिअन्तर्गत हजारौं नागरिक स्थानान्तरण हुँदैछन् ।
आगामी डेड महिनामा समुद्री सतहभन्दा ४ हजार ५ सय मिटरमाथिको औसत उचाइ भएका ठाउँहरूबाट स्थानीयहरूलाई ३ हजार ६ सय मिटरको उचाइ रहेको शानन सहरमा ल्याइनेछ । ‘स्थानान्तरण योजनाले पर्यावरणीय सुरक्षा र उत्तम जीवनको मानिसहरूको दुवै मागलाई ध्यानमा राख्दै जन–केन्द्रित विकास विचार प्रतिबिम्बित गर्छ,’ राष्ट्रपति सीले भनेका छन् ।
तिब्बतको एक सयभन्दा बढी सहरमा सञ्चालित स्थानान्तरण योजनाले आठ वर्षमा एक लाख ३० हजार नागरिकको जीवनयापनलाई परिवर्तन गरेको बताइएको छ ।