ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६ जना पुर्पक्षका लागि कारागार चलान - Epathivara

ताप्लेजुङ, साउन ११ गते । १४ वर्षे एक बालिकालाई जबरजस्ती करणी र बाल यौन दुरुपयोग गरेको अभियोगमा अनुसन्धानमा रहेका ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

 

ताप्लेजुङ जिल्ला अदालतले ४ पुरुष र २ महिलालाई जबरजस्ती करणी,मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अभियोगमा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । अदालतको आदेश बमोजिम ४ जना पुरुष ताप्लेजुङ कारागार चलान भएका छन् भने २ जना महिलालाई पाँचथर कारागार पठाइएको छ । ताप्लेजुङमा महिला कारागार छैन। ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले मानव बेचबिखन ओसारपसार नियन्त्रण ऐन बमोजिम अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको जानकारी दिए ।

 

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ३ र ४ को उपदफा(१)‘ख’तथा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा(१) बिपरित,उपदफा ३‘ग’बमोजिमको कसुरमा उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश भएको अदालतले जनाएको छ । प्रहरीले ३ पुरुषलाई जबरजस्ती करणी,मानव बेचबिखन तथा ओसारपसार सम्वन्धी,१ पुरुषलाई जबरजस्ती करणी,मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अभियोगमा मतियार बनेको तथा २ महिलालाई मानव बेचबिखन तथा ओसारपसार सम्वन्धी कार्य गरी बाल यौन दुरुपयोग गरेको अभियोगमा अनुसन्धान गरी अदालतमा पेश गरेको थियो । अदालतले ६ जनालाइ नै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । Nagariknews

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय