हिमालयन शेर्पा साँस्कृतिक केन्द्र ताप्लेजुङको अध्यक्षमा मिङमा खाङडु शेर्पा चयन - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, साउन ९ गते । हिमालयन शेर्पा साँस्कृतिक केन्द्र ताप्लेजुङको अध्यक्षमा मिङमा खाङडु शेर्पा चयन हुनु भएको छ ।

 

सोमबार नेपाल पत्रकार महासंघको सभा हलमा सम्पन्न तेश्रो जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष टाशी काल्साङ शेर्पा, सचिव तेन्जिङ शेर्पा, सह सचिव शंकर शेर्पा र कोषाध्यक्ष दिकु शेर्पा सर्वसम्मत चयन हुनु भएको हो । यस्तै समितिको सदस्यमा फुर ओछेन शेर्पा, अन्जिला शेर्पा, मिङमा जाङमु शेर्पा, डोमा शेर्पा, उर्मिला शेर्पा, दावाल्हामु शेर्पा, मिङमा दिकी शेर्पा, ङिम छेकी शेर्पा, प्रकाश शेर्पा र ग्याल्जे शेर्पा रहनु भएको छ ।

कार्यक्रम नेपाल शेर्पा संघको पुर्व केन्द्रिय सदस्य मातृका शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर