आज राति गण्डकी र प्रदेश-१ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान - Epathivara

काठमाण्डौ – गएरातिदेखि पहाडी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ ।

 

काठमाण्डौ उपत्यका, प्रदेश-१ र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । राति पानी परेका केही ठाउँमा भने अहिले पानी पर्न रोकिएको छ । अहिले पानी परिरहेका ठाउँमा पनि केहीबेरमा पानी रोकिने र दिउँसोपछि फेरि पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

यस्तै, राति भने प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । राति बाढी पहिरोको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसविद्को आग्रह छ।

प्रतिक्रिया

सम्बन्धित खवर