चट्याङ लागेर १२ जना घाइते - Epathivara

दैलेखमा – चट्याङ लागेर दैलेखको डुङ्गेश्वर गाउँपालिका २ को सेर्माकोटमा १२ जना घाइते भएका छन् ।

स्थानीय रमेश सिंहलगायतकाे घरमा परेको चट्याङ लागेर १२ जना घाइते भएका वडाध्यक्ष यामबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार कोदो गोड्ने खेतालाहरू दिउँसाेको खाजा खाइरहेको अवस्थामा चट्याङ परेको थियो ।

घाइतेहरूलाई दैलेख अस्पताल पठाइएकाे उहाँले जानकारी दिनुभयाे । चट्याङ लागेर केही खसी र गाई मरेका वडाध्यक्ष विष्टले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय