ताप्लेजुङमा डुबेर एक युवकको ज्यान गयो - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, साउन ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा रहेको युनाईटेड हाईड्रोपावरमा कार्यरत एक मजदुरको डुबेर ज्यान गएको छ ।

 

मृत्यु हुनेमा हाईड्रोपावरमा कार्यरत काभ्रेपलाञ्चोकका २९ वर्षीय तीर्थ तामाङ रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार तामाङको सोमबार डुबेर निधन भएको हो । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ ।
मृतकको आफन्त ताप्लेजुङ हिडिसकेको प्रहरी जनाएको छ । आफन्त आईपुगेकोपछि पोष्टमार्टमको तयारी भईरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस

पानीमा डुबेर बालकको मृत्यु
झापाको मेचीनगरस्थित पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

झापा, मेचीनगर नगरपालिका ५ का पूर्णबहादुर लिम्बुका २ वर्षीय छोरा इन्सान लिम्बुको सोमबार दिउँसो घर छेउमा खेल्दै गरेको अवस्थामा नजिकै रहेको पैनीमा अचानक डुबेर मृत्यु भएको हो ।

पैनीले बगाएर लैजाँदै गरेको स्थानीयले देखेर तत्काल उद्धार गरी बीएण्डसी अस्पतालमा उपचारार्थ भर्ना गरिएको र सोही क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर