ताप्लेजुङमा मतान सहित ६ ओटा घरमा आगलगाी हुँदा २ करोडको क्षति - Epathivara

कृष्ण फुरुम्वो लिम्बू
ताप्लेजुङ, साउन २ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा स्थित थान्साक्पामा आगलागी हुँदा करिब २ करोड रुपैँया बराबरको क्षति भएको छ । स्थानीय रेन्जुङ शेर्पाको मतान सहित ६ ओटा घर जलेर पुर्णरुपमा नष्ट हुँदा करिब २ करोड रुपैँयाको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार शेर्पाको ५ ओटा घर र एउटा मतान आगोले जलेर पुर्ण रुपमा नष्ट भएको हो । ढुङगा माटोले बनेको ४ तले, ३ तले, १ तले मतान एक–एक ओटा र २ तले तीन ओटा घर जलेको प्रहरीले बताएको छ ।

 

आगलागीबाट शेर्पाको सुन १ तोला, चाँदी २ तोला आदी, नगद ७० हजार जलेको प्रहरीले बताएको छ । शेर्पाकै घरमा ३ ओटा कार्यलय समेत सञ्चालनमा थिए । नेपाली कांग्रसको २ नं. सान्थाक्राको वडा कमिटीको कार्यालय, शेर्पा संघ गाउँपालिका र वडाको कार्यालय सञ्चालनमा रहेका थिए । शेर्पा संघ सान्थाक्राको नगद २८ हजार र शेर्पा संघ पालिका कार्यालयको १५ हजार नगद सहित फर्निचरका सामाग्री जलेर नष्ट भएका छन् । शेर्पाको घरमा रहेको १ र २ नं वडामा अवस्थित विभन्नि गुम्बाको मुर्ति समेत आगलगीबाट ध्वस्त भएका छन् । आज बिहान करिब साढे २ बजे विद्युत सर्ट भई आगलागी भएको प्रहरीको भनाई छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर