छोरी ज्वाईद्धारा वुवाआमाको नाममा विद्यालयको अक्षयकोषमा २ लाख ५० हजार सहयोग - Epathivara

देवराज गुरुङ
ताप्लेजुङ, असार ३२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित दुई वटा विद्यालयको अक्षयकोषमा सुनसरीस्थित धरान–१० का पन्ना कुमारी लिम्बु र ईश्वर आङवुहाङले शुक्रबार २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

 

श्री बगरबारी आधारभुत विद्यालय र श्री बाजोगरा आधारभुत विद्यालयलाई १ लाख २५ हजारका दरले २ लाख ५० हजार सहयोग गरेका हुन् । बगरबारी आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा फुङलिङ नगरपालिका–६ का वडाअध्यक्ष तेज गुरुङ ९मदन० र प्र।अ।निङ्मा नुर्बु शेर्पाले लिम्बुहरुबाट रकम बुझेका छन् । फुङलिङ नगरपालिका–६ अस्पताल लाइन निवासी भु।पू। ब्रिटिश आर्मी स्व।शेर बहादुर मादेन ९सिजर्ननेमाईला० र श्रीमती स्व।चित्ररानी लिम्बुको स्मृतीमा छोरीज्वाईँले उक्त रकम प्रदान गरेको वडाअध्यक्ष गुरुङले जानकारी दिए । उक्त रकम विद्यालयको शैक्षिक स्तरोन्नतीमा खर्च गरिने भएको छ ।

यसैबिच श्री बाजोगरा आधारभुत विद्यालयलाई हर्क गुरुङले ३५ हजार रुपैयाँ प्रदान गरेका छन् । फुङलिङ नगरपालिका–६ का गुरुङले घरनजिकको विद्यालयको शैक्षिक अवस्था सुधारका लागि सहयोग गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर