कृष्ण फुरुम्वो लिम्बू
ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा जिल्लाको मेरिङदेन गाउँपालिका २ सान्थाक्राका लाक्पा दोर्जी शेर्पाका छोरा १५ वर्षीय लालकुमार शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ३ बजे वर्षासँगै परेको चट्याङ लागेर स्थानीय तेम्बा शेर्पाको मकै गोड्ने क्रममा उनको मृत्यु भएको हो । चट्याङमै परी सोही स्थानका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा समेत घाईते भएका छन् । घाईतेहरु स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पछि घर फर्किएको प्रहरीले बताएको छ ।
मृतक शेर्पाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । शवलाई पोष्टमार्टम गरि आफन्तलाई जिम्मा दिने तयारी भईरहेको प्रहरीको भनाईछ ।