नाङखोल्याङका ३३ जना किसानलाई १ लाख ६५ हजार क्षतिपूर्ती - Epathivara

देवराज गुरुङ

ताप्लेजुङ ।  पाथीभरा याङ्वरक गाउँपालिका–१,नाङ्खोल्याङका ३३ जना किसानलाई मंगलबार १ लाख ६५ हजार क्षतिपूर्ती दिएको छ । गाउँपालिकाले किसानलाई जनही ५ हजारका दरले क्षतिपूर्ती प्रदान गरेको हो । वडाअध्यक्ष दिल कुमार सुनुवारले वडा कार्यालयमा नगद प्रदान गरेको प्रमूख प्रशासकीय अधिृकत जनार्दन निरौलाले जानकारी दिए । गएको जेठमा चलेको हावाहुरीले मकैबालीमा क्षति पुगेको थियो ।

प्रमूख प्रशासकीय अधिकृत निरौलाले भने,“जनप्रतिनिधि र कर्मचारीबाट स्थलगत अनुगमन भएको थियो । अधिकाँश मकैका बोट भाच्चिएर भुईँमा लत्रिएको थियो ।” किसानको क्षति अनुसार क्षतिपूर्ती दिन नसकेतापनि पालिकाको स्रोत अनुसार क्षतिपूर्ती दिएको गाउँपालिका अध्यक्ष केशर कुमार मेन्याङ्बोले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय