सिरीजङ्घा गाउँपालिकामा १४ हजार ३ सय मिटर खानेपानी पाइप प्राप्त - Epathivara

देवराज गुरुङ,

असार २९ गते । जिल्लाको सिरीजङ्घा गाउँपालिकामा पहिरोले खानेपानीको पाईप बगाएको बस्तीका लागि १४ हजार ३ सय मिटर पाइप प्राप्त गरेको छ । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबाट पाइप प्राप्त गरेको हो । २०mm,२५ mm,३२ mm,र ४०mm को पाइप प्राप्त भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष लाकृष्ण चौहानका अनुसार प्रमूख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समिति अध्यक्ष महेश कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले समेत निर्णय गरेर खानेपानी पाइप माग गरेको थियो । गाउँपालिकाले नै पनि असार १६ गते र असार २२ गते क्रमश संघिय सरकारअन्तर्गत खानेपानी मन्त्रालय र संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामलाई खानेपानीको माग गर्दै पत्राचार गरेको थियो ।

अध्यक्ष चौहानले भने,“पहिरोबाट क्षति पुगेको संरचना निर्माण गर्न पालिकाबाट मात्र संम्भव छैन् । त्यही भएर मन्त्री,सांसद,जनप्रतिनिधी र दल तथा कर्मचारीबाट प्रदेश र संघसँग समन्वयको काम जारी छ । सबैप्रति आभारी छु ।” पालिकाको मात्र नभई सिंगो जिल्ला र देशकै समस्या भएकाले पहिरो पीडितलाई सुरक्षित बासस्थान र आवासको व्यवस्थापनमा जुट्नुपर्ने पालिकाले खाँचो औल्याएको छ । अध्यक्ष चौहानले भने,“बजेट र योजना फर्छौटको कामले सँघ र प्रदेशमा पुग्न सकेका छैनौ । साउन पहिलो साता प्रमूख प्रशासकीय अधिकृत स्काई पाख्रेल र जनप्रतिनिधिसहित समस्या लिएर जाँदैछु ।”

संघिय सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी,पालिकाका निर्वतमान अध्यक्ष टीकाराम गुरुङ,गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान लगायत जनपप्रतिनिधिलाई पालिकाले धन्यबाद ज्ञापन गरेको प्रवक्ता बम प्रसाद गौतमद्धारा हस्ताक्षरित प्रेश विज्ञप्तिमा उल्लेख छ । गत जेठ ३० गतेको अविरल वर्षासँगै आएको पहिरोले विभिन्न वस्तीमा खानेपानीको पाईपमा क्षति पुगेको थियो । सबैभन्दा बिढ वडा नं. ५ पेदाङ,वडा नं. ६ मामाखे र वडा नं. ७ खेवाङमा पहिरोले खानेपानीको पाइप क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर