ताप्लेजुङमा सडक खन्ने क्रममा ढुङ्गाले लागेर पैदल यात्रीको मृत्यु - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, असार २७ गते । सडक खन्ने क्रममा पल्टाइएको ढुङ्गाले लागेर पैदल यात्रीको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) कैलाश राईका अनुसार मुत्यु हुनेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ३ आङ्खोपका २२ वर्षीय गंगाराम कडरिया रहेका छन् । आईतबार साँझ करिब ५ बजे स्काभेटरले पल्टाएको ढुङगाले लागेर पैदल हिडिरहेका कडरियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
कडरियाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइदै गरेको समते प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर