बाजुरा — बुढीगंगा नगरपालिका ४ स्थित थुमा मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेपछि मतपेटिका उठाउने क्रममा कांग्रेस कार्यकर्ताहरूले ढुंगामुढा गरेका छन् । स्थिति सामान्य बनाउन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।
अहिले मतपेटिकाहरू नगरपालिकामा पुर्याइसकिएको उनले बताए । वैशाख ३० मा भएको मतदानमा उक्त मतदानस्थलमा ९९ दशमलव ४१ प्रतिशत मत खसेको थियो । बिहीबार भएको पुन: मतदानमा भने ७० दशमलव ८० प्रतिशतमात्र मत खसेको छ ।