राजेन्द्र श्रेष्ठलाई फिर्ता नबोलाएपछि जसपामा असन्तुष्टि, रेणु यादवको अर्कै तयारी - Epathivara

काठमाडौं । जनता समाजवादी पार्टीले राजेन्द्र श्रेष्ठलाई मन्त्रीबाट फिर्ता नबोलाएपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।

 

महिन्द्र राय यादव, रामसहाय यादव र रेणु यादवलाई फिर्ता बोलाउँदा श्रेष्ठलाई यथावत नै राखेपछि पार्टीभित्र असन्तुष्टि बढेको हो । अध्यक्ष यादवले एक जनालाई थाती राखेर अरुलाई फिर्ता बोलाउँदा कारवाही गरेजस्तो सन्देश गएको एक नेताले बताए । यसले स्यवं फिर्ता बोलाइएका मन्त्रीसमेत असन्तुष्ट बनेका छन् । साथै पार्टीभित्र पनि एक जनालाई बोक्ने र अरुलाई सौतेनी व्यवहार गर्ने भन्दै अध्यक्ष यादवप्रति आक्रोश बढेको छ । यता आफूलाई कारवाहीको शैलीमा फिर्ता बोलाइएको भन्दै रेणु यादवले विद्रोहको तयारी गरेकी छन् ।

 

उनले उपेन्द्रलाई छोड्ने मनस्थितिका साथ आफ्ना निकटस्थसँग छलफल थालेकी छन् । एक निकट नेताकाअनुसार अर्का अध्यक्ष बाबुराम भट्टराईसँग जाने वा कसरी अलग हुनेबारे परामर्शमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर