आईएमई लाईफ इन्स्योरेन्स ताप्लेजुङद्वारा एकैदिन दुई परिवारलाई मृत्यु दाबी भुक्तानी - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, असार २२ गते । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटिेड ताप्लेजुङले आज एकैदिन दुई परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

 

ताप्लेजुङको फुङलिङ नगरपालिका ६ का शान्ता गुरुङ र मेरिङदेन गाउँपालिका २ का आइतीमाया लिम्बूको मृत्युदाबी भुक्तानी गरिएको आईएमई लाईफ ईन्स्योेरेन्स ताप्लेजुङ शाखाले जनाएको छ । मृतक गुरुङको आमा इन्द्रमाया गुरुङलाई १० लाख २० हजार र मृतक लिम्बूका श्रीमान मैले लिम्बूलाई ४ लाख ८ हजार रुपैँया बराबरको चेक हस्तान्तरण गरिएको हो । आज कार्यालयमै एक कार्यक्रमकाबीच मृतकका परिवारलाई ताप्लेजुङ –फिदिम शाखाका  ईन्चार्ज ङिमा शेर्पा र ताप्लेजुङ शाखाका प्रमुख सुर्य गुरुङले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।

मृत्युदाबीको निवेदेन परेको छोटो समयमा नै भुक्तानी गर्न सफल भएको समेत शाखा प्रमुख गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर