अश्लील शीर्षक राखेर भिडिओ बनाउने युट्युबर पक्राउ - Epathivara

काठमाण्डाै – अश्लील शीर्षक राखेर भिडियो बनाउने र समाजमा अश्लीलता फैलाउने गरेको आरोपमा एक जना युट्युबर पक्राउ परेका छन् ।

रियल टिभी नामक युट्युब च्यानलका सञ्चालक नुवाकोट घर भइ काठमाण्डौ बस्ने २२ वर्षका प्रवेश लामालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरेको भिडियो खिचेर युट्युबमा राख्ने र समाजमा अश्लीलता फैलाउने अपराध गरेको प्रहरीको आरोप छ ।

पक्राउ परेका लामालाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर