गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता - Epathivara

काठमाडौँ, असार । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग शिष्टाचार भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

 

आज बिहान गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ ।भेटका क्रममा गृहमन्त्री खाँणले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय