इन्धन संकटपछि श्रीलंकामा स्कूल बन्द - Epathivara

एजेन्सी, चरम आर्थिक संकटसँगै इन्धनको हाहाकार भएको श्रीलंकामा एक साताका लागि विद्यालय बन्द गरिएका छन् । इन्धन, खाद्यान्न र औषधिको आपूर्ति कम भइरहेका बेला श्रीलंका सरकारले विद्यालय बन्दको घोषणा गरेको हो । त्यहाँको शिक्षा मन्त्रालयका अनुसार देशभरका सबै सरकारी विद्यालय र सरकारबाट अनुमति पाएका निजी विद्यालय एक साताका लागि बन्द गरिएको हो ।

 

सन् १९४८ मा स्वतन्त्र भएयता श्रीलंकाले अहिलेसम्मकै सवैभन्दा चर्को आर्थिक संकटको सामना गरिरहेको छ । पछिल्लो समय इन्धनको अभाव बढ्दै जाँदा श्रीलंका शहरहरुमा सवारी साधनमा इन्धन भर्न ४८ घण्टाभन्दा बढी समय लाइनमा बस्नुपर्ने बाध्यता रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर