वाम गठवन्धनको लागि दौडधुपमा नेताहरू - Epathivara

काठमाण्डौ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच आइतबार बेलुकी भेटवार्ता भएको हो ।

 

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, चुनाव, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्ड पुत्री गंगा दाहालले फेसबुकमा जानकारी दिएकी छन् । नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ । भेटवार्ता कुन ठाउँमा भएको भन्ने बारेमा भने केही उल्लेख गरिएको छैन । तस्बिरः गङ्गा दाहालको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित खवर