ताप्लेजुङ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ताप्लेजुङका आफ्ना पकड रहेका पालिका र वडामा जित हात पार्न सकेन । यसको मुख्य कारण थियो, पार्टीभित्रकै मुख्य नेताको अन्र्तघात ।
जिम्मेवार तहमा बसिसकेका नेताहरू आफ्नै पार्टीको उम्मेदवारविरुद्ध खुलेआम उत्रिए । कार्यकर्तालाई असहयोग गर्न प्रेरित गरे । जसको परिणामस्वरुप जित्ने निश्चित रहेका सिदिङ्वा गाउँपालिका, उक्त पालिकाका सबै वडा, आठराई त्रिवेणी गाउँपालिका, सो पालिकाका २ र ४ नं वडा, पाथिभरा याङवरक गाउँपालिका, सो पािलकाका ४ र ६ नं वडा, सिरिजंघा गाउँपालिकाको २ र ७ नं वडामा कांग्रेसले पराजय ब्यहो¥यो ।
त्यस्तै फुङलिङ नगरपालिकाको ७ नं वडामा पनि अन्र्तघात नभएको भए कांग्रेसले जित्ने अवस्था थियो । जुन कुरा निर्वाचनको परिणामले पुष्टि गर्छ । यसरी अपेक्षीत नतिजा नआएपछि आफूहरूले त्यसको कारण खोजि गरेको र सो क्रममा पार्टीका जिम्मेवार नेतानै गठबन्धनका उम्मेदवार हराउन सक्रिय भएको स्थानीय कमिटिले रिपोर्ट दिएको कांग्रेसका एक नेताले बताए । अनुशासन समितिको बैसाख १७ र २८ गतेको बैठकले बागी उम्मेदवारी दिने, उसको समर्थक, सहयोगि, प्रस्तावक, उम्मेदवार बन्न प्रेरित गर्ने नेता कार्यकर्तालाई कारवाही नै गरिसकेको छ ।
त्यसपछि पार्टीको अनुसाशन समितिले अन्र्तघात गरेको आरोप लागेका नेतालाई स्पष्टिकरण सोध्ने निर्णय ग¥यो । जेठ १७ गतेको बैठकले महिनादिनको समय दिएर पूर्व जिल्ला सभापतिहरू लिलादेवी बोखिम र केशवप्रसाद दाहाल, प्रदेश नं क का सभापति लक्ष्मी भट्टराईलगायतलई स्पष्टिकरणको पत्र दिइएको थियो । तर, उनीहरूले त्यसलाई बेवास्ता गरेका छन् । म्यादभित्र अनुशासन समितिसँग सम्पर्कमा नआएको भन्दै समितिले शुक्रबार विज्ञप्तिमार्फत् अनुसन्धानमा सघाउन अनुरोध गरेको छ ।
‘केही घटना र परिदृश्यले पार्टीको अनुशासन आचार संहीता उल्लङ्घन भएको तथ्यको वास्तविकता बुझ्न पार्टीले लिएको स्पष्टिकरणको सन्दर्भलाई अतिरंजीत नगरी सत्यतथ्य विषयमा अनुशासन समितिमा जानकारी गरी सहयोग पु¥याउनुहुन अनुरोध गर्दछौं,’ अनुसशासन समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अनुशासन समतिले गरेको निर्णय पार्टीका नेता कार्यकर्ताले मान्नुपर्ने जिल्ला सभापति गजेन्द्र तुम्याहाङले बताए ।
‘पार्टीले विधानबमोजिम गरेका निर्णयविरुद्ध उहाँहरूले मिडियावाजी गर्नुभो । स्थानीय निर्वाचन अघिको संवेदनशील समयमा पत्रकार सम्मेलन गरेर आम कार्यकर्ता र सुभेच्छुकलाई निराश पार्नुभो । त्यसपछि पनि पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्ने तथ्य आएपछि अनुशासन समितिले स्पष्टिकरण सोधेको हो,’ तुम्याहाङले भने, ‘मैले गलत गरेको रहेछु भने मलाई पनि स्पष्टिकरण सोध्न सक्छ । पार्टीको विधानभन्दा माथि हामी छैनौं ।’