सुनचाँदीको भाउ आज कति पुग्यो ? - Epathivara

काठमाडौं –आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

हिजो आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला १०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

हिजो आइतबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय