पाथीभरा संवाददाता
ताप्लेजुङ, असार १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले लागु औषधको विषयमा प्रहरी धेरै जानकार भएको र त्यसलाई नियन्त्रण गर्न सकृय भुमिका खेल्नुपर्ने वताएका छन ।
लागु औषध नियन्त्रण सम्वन्धि समिक्षात्मक अन्तक्रिया कार्यक्रममा मादेनले ताप्लेजुङमा लागु औषध भित्र्याउने र बिक्रि गर्ने को हुन भनेर घुमुवा प्रहरीलाई थाहा रहेको तर किन पक्राउ गर्दैन भनेर प्रश्न गरेका थिए । ‘भारतवाट एक लाख रुपैंया आइसिमा ल्याएको लागु औषधवाट यहा नौलाख सम्म कमाउछन भन्ने सुनेको छु,’ मादेनले भने, ‘जस्ले सप्लाई गरिरहेको छ, घुमुवा प्रहरीलाई त्यो थाहा छ ।’ प्रहरी प्रमुख भर्खरै नया आएकाले थाहा नभएको हुनसक्ने भन्दै उनले प्रहरीको सॉठगॉठका बिषयमा वुझ्नपनि आग्रह गरे । प्रहरी प्रमुख कैलाश राईलाई सम्वोधन गर्दै मादेनले भने, ‘तपाई नया आउनु भएको छ तपाईलाई सवैकुरा थाहा नहुन सक्छ यस्को खोजी गर्नुपर्छ ।’
लागु पदार्थ सेवन र ओसार पसार नियन्त्रण गर्न भिडियो डकुमेण्ट्रि, सडक नाटक लगायतका उपाय प्रयोग गरेर समुदायमा जानुपर्नेमा उनले जोड दिए । लागुपदार्थ दुव्र्यशनीमा लाग्ने प्राय जसो किसोर अवस्थाका विद्यार्थी हुने भएकाले उनीहरुको निगरानी गर्ने पहिलो भूमिका परिवारको हुने प्याब्सन ताप्लेजुङका अध्यक्ष गणेश सिग्देलले बताउनुभयो । परिवारको सहि मार्ग निर्देशन तथा वालवालिकालाई अभिभावकले समय दिन नसक्दा कुलतमा फस्ने गरेको सिग्देलको भनाई छ । गाउँमा पनि दुव्र्यशनीमा फस्ने यूवाहरुको संख्या ठुलो रहेको औल्याँउदै यो समस्यालाई रोक्न नसके विकराल अवस्था आउन सक्ने उहाँले बताउनुभयो । त्यसका लागि आमा समूहबाट नै यस्ता अभियान सञ्चालन गर्नुपर्नेमा उहाँको जोड थियो । यस्तै फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक क्षितिज सुनुवारले बालबालिकालाई नै यसका नकारात्मक असरका बारेमा सचेतना जगाएर अघि बढ्ने बताउनुभयो ।
यता ताप्लेजुङ प्रहरी प्रमूख डिएसपी कैलाश कुमार राईले अधिकांस अपराधका घटनामा मादक पदार्थ सेवन जोडिएको बताउनुभयो । ‘अधिकांस अपराधहरु मादक पदार्थ शेवन गरेर आवेगमा भएको पाईएको छ ।’ डिएसपी राईले भन्नुभयो–‘ पछिल्लो समय साईवर क्राईमको पनि जोखिम बढि छ । यी सवै चुनौतीलाई नियन्त्रण गर्न प्याकेजमा रहेर काम गर्नुपर्छ । प्रहरी, नागरिक समाज, स्थानीय सरकार मिलेर आमा समूहबाट नै सचेतनाका काम गर्न जरुरी छ।’ लागुऔषध ओषारपोसारमा अत्यावश्यक सवारी साधनका चालकहरु पनि संलग्न रहेको पाईएकोले उनीहरुलाई पनि निगरानी गर्नुे उहाँको तर्क थियो । साथै बैदेशिक रोजगारी बाट फर्किएका तथा रिह्यव सेन्टर बसेर फर्किएकाहरु त्यसको ओसारपोसारमा संलग्न भएको पाईएकाले उनीहरुलाई निरन्तर निगरानीमा राख्नुपर्ने राईले बताउनुभयो । यता प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले लागुऔषध र मादक पदार्थको कुलतबाट युवा तथा बालवालिकालाई बचाउन युद्धस्तरमा काम गर्नुपर्ने सुझाव दिनुभयो । यसका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै नगर उपप्रमूख भिमादेवी ओझाले दिर्घकालिन योजनाका साथ अघि बढ्ने बताउनुभयो। नगरलाई शुन्य लागुऔषध प्रयोगकर्ता बनाउनका लागि पनि पहल गर्न सवैले सहयोग गर्नुपर्ने उहाँको जोड थियो । यता कार्यक्रमका प्रमूख अतिथी जिल्ला न्यायधिस प्रकाश राउतले तराईका जिल्लामा भन्दा यहाँ समस्या विकराल बनेको आफूँले पाएको सुनाउनुभयो । जिल्ला अदालतमा आउने मुद्धामा ८० प्रतिशत ब्राउन सुगरका घटना आएको बताउँदै उहाँले प्रत्येक घर र समाजबाट नै आफ्ना बालबालिकाको निगरानी गर्नुपर्ने बताउनुभयो ।
फुङलिङ नगरपालिकाले गत असार ३ गतेदेखि ९ गते सम्म लागु औषध तथा मादक पदार्थ दुव्र्यशनी विरुद्धको सचेतना कार्यक्रम विद्यालयहरुमा सञ्चालन गरेको थियो । नगरपालिकाकी महिला विकास निरिक्षक सिता गुरुङका अनुसार कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई सहभागी गराउँदै नगरपालिकाका ९ वटा विद्यालयमा सो कार्यक्रम गरिएको हो । जसमा ७ सय ८५ बालबालिकालाई लागुऔषध तथा मादक पदार्थको सेवनले हुने असर, साईबर क्राईम लगायतका विषयमा अभिमूखिकरण सञ्चालन गरिएको थियो ।