ताप्लेजुङको याम्फुदिन लगायका क्षेत्रमा नेपाल टेलिकमको सेवा ३ दिनदेखि अबरुद्ध - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, असार १२ गते । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको याम्फुदिन लगायतको केही स्थानमा ३ दिन अगाडिदेखि नेपाल टेलिकमको सेवा अबरुद्ध भएको छ ।

 

याम्फुदिनको पुरै भाग, मामाङखे, खेवाङ, तेल्लोक लगायतको केही स्थानमा बर्षा सुरुहुन साथ नेपाल टेलिकमको टेलिफोन सेवा अबरुद्ध भएको स्थानीयले बताएका छन् । टेलिफोेन सेवा अवरुद्ध हुँ दा सो क्षेत्रका स्थानीय मर्कामा परेका छन् । नेपाल टेलिकम ताप्लेजुङका अनुसार विद्युत आपुर्ति बन्द हुँदा सेवा अवरुद्ध भएको हो । विद्युत आपुर्ति नभईन्जेल प्रभावकारी रुपमा सेवा प्रवाह गर्न नसकिने समेत टेलिकमले जनाएको छ । विद्युतको बिकल्पमा बैकल्पिक ऊर्जा शक्ति नभएकोले सेवा प्रवाह अवरुद्ध भएको टेलिकमको भनाई छ ।

यता स्थानीयले भने विपदको समयमा भएको अवरुद्धलाई समाधान गर्न सम्बन्धित निकायले कुनै पहल गरेको गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय