आज साताको पहिलो दिन सुनचाँदीको मुल्य कति पुग्यो ? - Epathivara

काठमाडौं – आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

 

गत शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

गत शुक्रबार प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर