इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका - Epathivara

काठमाडौं, असार । कुनैबेला दक्षिण एशियाकै समृद्ध मुलुक श्रीलंका यतिबेला टाट पल्टिएको छ । श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमसिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टिएको बताएका छन् । उनले आज संसदमा बोल्दै अर्थतन्त्र टाट पल्टिएको र इन्धन समेत आयात गर्न नसकिने अवस्था भएको स्पष्ट पारे ।

विक्रमसिंघेले भने,‘हाम्रो अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टिएको छ ।’ उनले अर्थतन्त्रलाई सही मार्गमा ल्याउन विदेशका आर्थिक संघसंस्थाहरुको सहयोगका लागि प्रयास गरिएको बताए ।

विक्रमसिंघे हालैमात्र प्रधानमन्त्री बनेका हुन् । उनी विगतमा पनि प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री भएपछि विभिन्न तरिकाले प्रयासहरु गरेर अर्थतन्त्र सुधार्न खोजिरहेका छन् । तर, अर्थतन्त्र सुध्रने हालतमा छैन । त्यहाँ इन्धन समेत खरिद गर्न नसकिने हालतमा सरकार पुगेको छ ।अत्यधिक ऋणले गर्दा मुद्रा भण्डार सिद्धिएर तेल आयात गर्न नसक्ने आवस्थामा पुगेकाे छ । खाद्यान्न संकट बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर