ताप्लेजुङको तोक्मेडाँडास्थित जग्गा भट्टराई परिवारको नभएको येङदेन परिवारको दावी - Epathivara

ताप्लेजुङ, असार १२ गते । ताप्लेजुङ सदरमुकामस्थित तोक्मेडाँडाको जग्गाको भोगचलन गरेबमोजिम आफूहरुको नै भएको पत्रकार सम्मेलनमार्फत दावी गरेको छ । प्रकाश एङदेनसहितको टोलीले आज पत्रकार सम्मेलन गरेर तोक्मेडाँडाको जग्गा आफूहरुको पुर्खाले भोगचलन गरेको र त्यो जग्गाको हकदार आफूहरु भएको दावी गरेको हो ।

 

तत्कालीन मालपोत कार्यालय प्रमूख भगिमान मादेनले षडयन्त्र गरेर अनन्तमणि भट्टराईको आमाको नाममा जग्गाको धनिपूर्जा दिएको आरोप समेत लगाएको छ । पुनरावेदन अदालत इलाममा जग्गा खिचला सम्बन्धि मुद्धाको फैसला नहुँदै धनिपुर्जा दिएको एङदेनको दावी छ । पहिल्यैदेखि आफूहरुले जग्गा भोगचलन गरेको तर भटराई परिवारले आफ्नो भनेर जिकिर गर्दै मुद्धा मामिला गरेको उल्लेख गरेका छन् । पटक पटक मुद्धामा भटराईको पक्षमा अदालतले फैसला सुनाएतापनि भोगचलन भने गर्न पाएका छैनन् । पुनरावेदन अदालत इलामको मुद्धाको फैसला अनुसार आफूहरु हारेमा सर्वोच्च अदालत जाने एङदेनले बताए । उक्त ठाउँमा हाल ३२ वटा टहरा बनेको छ । उक्त जग्गामा निर्माण गरिएको टहराको आफूहरुले भाडा लिने गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय