ताप्लेजुङमा सञ्चालित खुल्ला गजल प्रतियोगिताको उपाधी गुरुङलाई - Epathivara

ताप्लेजुङ । चन्द्र मादेन ‘आन्छन्’साहित्यिक पुरस्कार अन्र्तगत सञ्चालित खुल्ला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम हुनु भएको छ । मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका गुरुङ प्रथम हुनभएको कञ्चनजंघा साहित्यिक प्रतिस्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतियोगितामा फुङलिङ नगरपालिका वडा नं ६ का नवराज आचार्य द्धितिय र फुङलिङ नगरपालिका वडा नं २ का तुकेन्द्र मादेन तृतीय हुनु भएको छ । प्रथम हुने गुरुङले नगद १० हजार, द्धितिय हुने आचार्यले नगद ५ हजार र तृतीय हुने मादेनले नगद ३ हजार रुपैंयाका साथ प्रमाणपत्र प्राप्त गरेको आयोजक प्रतिष्ठानका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला न्यायाधीस प्रकाश राउतले साहित्य राष्ट्रभक्ति,देश विकास र समाज परिवर्तन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले गरिवी,सामाजिक बिभेद,पछौटेपन बिरुद्ध राष्ट्र तथा राष्ट्रियताप्रति सर्मपित शब्द भाव पोखिने हो भने साहित्यको वजन गहक बन्ने बताउनुभयो ।

अक्षयकोषदाता मादेनले ताप्लेजुङको साहित्य क्षेत्रलाइ मलजल गर्न तथा साहित्यका माध्यमबाट विकास,शुसासन र समाज परिवर्तनमा नयाँ आयाम ल्याउने उद्देश्य सहित आफुले कञ्चनजंघा साहित्यिक प्रतिष्ठानसंग सहकार्य गरेको बताउनुभयो।

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ४ घर भई हाल हङकङमा बस्दै आउनु भएका ‘आन्छन्’ले ताप्लेजुङस्थित कञ्चनजंघा साहित्यिक प्रतिष्ठानमा तीन लाख रुपैंयाको अक्षयकोष खडा गर्नु भएको छ ।

२०७३ साल फागुन महिनामा साहित्यिक प्रतिष्ठान र मादेनका बीच अक्षयकोषका लागि सम्झौता भएको थियो । यहिँ अक्षयकोषको व्याजबाट हरेक बर्ष जिल्ला स्तरीय साहित्यिक कार्यक्रम गरी पहिलो, दोस्रो, तेस्रो हुनेलाई पुरस्कृत गरिदैं आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय