राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मुल्य घट्यो, कति पुग्यो प्रतिलिटर इन्धनको मुल्य ? - Epathivara

काठमाण्डाै – भरे राति १२ बजेदेखी लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलको भाउ घटेको छ । मन्त्रिपषद बैठकको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोल प्रति लिटर २० रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर २९ रुपैयाँ भाउ घटाएको हो ।

 

अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ६३ पर्नेछ । सरकारले कर कटौती गरी मूल्य घटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको छ । अहिले पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १ सय ९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर