तेह्रथुम । तेह्रथुममा ट्याक्टर दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
लालिगुराँस नगरपालिका स्थित बसन्तपुर जीरोप्वाइन्टमम गएराति लसुने बाट वसन्तुर तर्फ आउदै गरेको प्रदेश १ ०२००३ त नम्वरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी लालीगुराँस नगरपालिका ७ सुङनामकी ४६ बर्षिया पवित्रा कुमारी मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुम वसन्तपुरका प्रमुख प्रहरी सहायक निरीक्षक भुवन विकले जानकारी दिए ।
ट्याक्टर चालक लालीगुराँस नगरपालिका ७ का बर्ष २२ का जयन्त कुमार लिम्बु र ट्याक्टरमा सवार २२ बर्षिय ललित कुमार मगरको अवस्था गम्भीर छ । घाईते बसन्तपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ पठाईएको प्रहरीले जनाएको छ।