ताप्लेजुङका कुन पालिकाले कस्तो बजेट ल्याए (सम्पूर्ण पालिकाको विवरण सहित) - Epathivara

ताप्लेजुङ- ताप्लेजुङका सवै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निती, कार्यक्रम तथा बजेट ल्याएको छ । मैवाखोला गाउँपालिकाले असार ९ गते नै गाउँसभामा निती, कार्यक्रम तथा बजेट प्रस्तुत गर्यो । यस्तै सिरिजंघा र पाथिभरा याङ्वरकले ९ गते निति तथा कार्यक्रम पेश गरे भने १० गते बजेट प्रस्तुत गरे । अन्य पालिकाले भने शुक्रबार नै निति कार्यक्रम तथा बजेट गाउँसभा समक्ष पेश गरेका हुन् । ताप्लेजुङका कुन पालिकाले कस्तो बजेट ल्याए हेरौँः

फुङलिङ नगरपालिका : साढे ६६ करोड बढीको बजेट

अधिकाँस पुरानै नीति र कार्यक्रलाइ निरन्तरता दिदैं ताप्लेजुङको फुङलिङ नगरपालिकाले साढे ६६ करोड बढीका बजेट ल्याएको छ ।नगर उपप्रमुख भीमादेवी ओझाले आगामी आर्थिक बर्ष २०७९।०८० का लागि ६६ करोड ७७ लाख ७४ हजार २ सय १० रुपैंयाको बजेट पेश गर्नु भएको छ । उहाँका अनुसार चालूतर्फ ४३ करोड ८९ लाख ४४ हजार २ सय १० रुपैंयाको बजेट रहेको छ । यो कूल बजेटको ६५.७५ प्रतिशत हो । यस्तै पुँजीगततर्फ २२ करोड ६८ लाख ८३ हजार रुपैंया बजेट रहेको छ । यो कूल बजेटको ३४.२५ प्रतिशत हो । कूल बजेटमध्ये सामाजिक विकासतर्फ २९ करोड ५९ लाख ३८ हजार(४४ प्रतिशत),पूर्वाधार विकासतर्फ १८ करोेड ६४ लाख ५७ हजार(३२ प्रतिशत),आर्थिक विकासतर्फ ३ करोड ५१ लाख १० हजार(५ प्रतिशत),सुशासन र अन्तरसम्वन्धित क्षेत्रतर्फ १ करोड ५० लाख ५० हजार(२ प्रतिशत) र कार्यालय सञ्चालन तथा प्रशासननिक खर्चतर्फ १४ करोड ३२ लाख २३ हजार २ सय १० रुपैंया(१७ प्रतिशत)रकम बिनियोजन गरिएको नगर उपप्रमुख ओझाले जानकारी दिनुभयो ।

खर्चको स्रोतका रुपमा नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने बित्तीय अनुदान १७ करोड २१ लाख,संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड बापतको ९ करोड ४३ लाख ५४ हजार,संघीय सरकारबाट प्राप्त हुने सर्शत अनुदान २८ करोड ८९ लाख,संघीय सरकारबाट प्राप्त हुने बिशेष अनुदान ३ करोड,संघीय सरकारबाट प्राप्त हुने समपुरक अनुदान १ करोड ७० लाख,प्रदेश सरकारबाट प्राप्त हुने बित्तीय समानीकरणको ९५ लाख ९७ हजार,राजश्व बाँफाँडको १ करोड ४ लाख २ सय १० रुपैंया,प्रदेश सरकारबाटै प्राप्त हुने समपुरक अनुदान १ करोड,प्रदेश सर्शत अनुदान ४९ लाख २३ हजार रुपैंया तथा आन्तरिक स्रोतबाट ३ करोड ७७ लाख व्यहोर्नेगरी आन्तरिक स्रोत संकलनको महत्वाकाँक्षी लक्ष्य राखिएको छ । चालू आर्थिक बर्षमा १ करोड ८० लाख रुपैंया आन्तरिक आम्दानी गरेको नगरपालिकाले जेठ मसान्त सम्म १ करोड ३८ लाख अर्थात् ७६.६६ प्रतिशत लक्ष्य भेटाएको छ ।
यता,नगरप्रमुख अमिर मादेनले आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । मादेनले पूर्वाधार विकासतर्फ सडक तथा पुल,भवन तथा शहरी विकास,पदमार्ग निर्माण र खेल मैदान निर्माणका नीति अघि सारेका छन् । यस्तै सामाजिक विकासतर्फ शिक्षा,स्वास्थ्य र खेलकुद,लैंगिक समानता र तथा सामाजिक समावेशीकरण,खानेपानी,संस्कृति प्रवद्र्धनका कार्यक्रम अघि सारिएका छन् । यस्तै आर्थिक विकासतर्फ कृषि,पुशसेवा,उद्यम विकास र सहकारी विकास र सहकारी प्रवद्र्धन कार्यक्रम,वन तथा वातावरण बिपद् व्यवस्थापन कार्यक्रम र सार्वजनिक सेवा तथा क्षमता विकास कार्यक्रम समेटेर‘यातायात सञ्जाल,व्यवसायिक कृषि,पर्यटन र पूर्वाधार,शिक्षा,स्वास्थ्य र औद्योगिक विकास फुङलिङ समृद्धिको आधार’भन्ने नारा सहितको नीति प्रस्तुत गर्नु भएको छ । नगरसभामा फुङलिङ नगरपालिकाको अर्थ सम्वन्धी प्रस्तावलाइ कार्यान्वयन गर्न बनेको २०७९ पेश भएको छ भने करको दरमा केहि थपघट तथा शंसोधनका लागि प्रस्ताव पेश गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालका अनुसार नगरसभाको दोस्रो सत्र शनिवार समेत सञ्चालन हुने छ ।

सिरिजंगा गाउँपालिका: करिव ५२ करोड रुपैंयाको बजेट
सिरिजंगा गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि झण्डै ५२ करोड रुपैया बराबरको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष डाक्टर चित्र मावोले ५१ करोड ८२ लाख ७३ हजार रुपैंया बराबरको बजेट प्रस्तुत गर्नु भएको छ । मावोद्धारा प्रस्तुत बजेट अनुसार गाउँपालिकाको चालूखर्च ७ करोड ४२ लाख,आर्थिक विकासतर्फ ३९ लाख,सामाजिक विकासतर्फ ५ कोड २४ लाख र पूर्वाधार विकासतर्फ ७ करोड ८७ लाख रुपैंया बजेट बिनियोजन भएको छ । यस्तै वन,वातावरण तथा बिपद् व्यवस्थापतनतर्फ ६० लाख,संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १९ लाख ५० हजार,समपुरक कोषतर्फ १ करोड,८ वटै वडालाइ वडागत सिलिङतर्फ २ करोड ७१ लाख,नेपाल सररकारको सर्शत अनुदान २२ करोड ८९ लाख,समपुरक अनुदान १ करोड,बिशेष अनुदान १ करोड ५० लाख खर्च हुने गरी प्रस्ताव गरिएको छ । यस्तै यस्तै प्रदेश सरकारको समपुरक अनुदान १ करोड र सर्शत अनुदान १ लाख २३ हजार रुपैंया खर्च प्रस्ताव गरिएको छ

मिक्वाखोलाको गाउँपालिका: साढे ३५ करोड रुपैयाँ
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट करिव साढे पैंतीस करोड रुपैयाँको रहने भएको छ । गाउँपालिकाको १३ औं गाउँसभामार्फत शुक्रबार सार्वजनिक गरिएको नीति कार्यक्रम तथा बजेटअनुसार मिक्वाखोला गाउँपालिकाको आगामी बजेट कुल ३५ करोड ४७ लाख रुपैयाँ रहेको छ ।आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिका अध्यक्ष कार्कीले समृद्ध मिक्वाखोला बनाउनेमा जोड दिनुभएको छ ।यस्तै गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले आगामी आवको बजेट सार्वजनिक गर्नुभएको थियो । उपाध्यक्ष लामाले सार्वजनिक गर्नुभएको बजेटअनुसार मिक्वाखोलाको चालूतर्फको बजेट सात करोड ६६ लाख ५७ हजार रुपैयाँ रहेको छ । यस्तै सम्पूर्ण विषयगत सशर्त अनुदानतर्फ ११ करोड ७९ लाख २३ हजार रुपैयाँ रहेको छ ।विषेश अनुदानतर्फ ५० लाख, समपुरक बजेटमा तीन करोड ५० लाख, सामाजिक सुरक्षा अनुदान दुई करोड २० लाख, आथिएक विकासतर्फ कुल एक करोड सात लाख १९ हजार ५५० रुपैयाँ रहेको छ । त्यस्तै सामाजिक विकासतर्फ एक करोड ७६ लाख ४७ हजार ८५० रुपैयाँ, पूर्वाधार विकासतर्फ चार करोड ४१ लाख ४९ हजार ६०० रुपैयाँ, वन, वातावरण विपद् व्यवस्थापनतर्फ १५ लाख रुपैयाँ, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ११ लाख तीन हजार र समपुरक कोषतर्फ दुई करोड ३० लाख रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ ।

सिदिङ्वा गाउँपालिका: साढे ३९ करोड बजेट
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिव साढे उनन्चालीस करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार सम्पन्न १० औं गाउँसभामार्फत सिदिङ्वा गाउँपालिकाले कुल ३९ करोड ५० लाख ३४ हजार २० रुपैयाँको बजेट ल्याएको हो । कृषि, पर्यटन, पूर्वाधार र प्रविधि, सिदिङ्वा गाउँपालिकाको समृद्धि नारासहित सिदिङ्वाले आगामी आवको नीति तथा कार्यक्रम बजेट सार्वजनिक गरेको हो । गाउँसभामा पालिका अध्यक्ष मानबहादुर राईले आगामी नीति तथा कार्यक्रम र उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले बजेट सार्वजनिक गर्नुभएको थियो ।

आठराई त्रिवेणी गाउँपालिका : चौवालिस करोड ३० लाख अठासी हजार
आर्थिक बर्ष २०७९/८० को लागि कुल ४४,३०,८८,९८० (चौवालिस करोड ३० लाख अठासी हजार नौसय असी रुपैया) को बजेट र विभिन्न बिधेक पारित गर्दै आठराई त्रिवेणी गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न भयो।

पाथीभरा याङ्वरक गाउँपालिका: ४८ करोड बढी
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि करिव साढे ४८ करोड बढीको बजेट प्रस्तुत गरेको छ । पालिका उपाध्यक्ष रनमाया गुरुङले आगामी आवका लागि ४८ करोड ३७ लाख ३७ हजार २ सय ९० रुपैंया बराबरको बजेट प्रस्तुत गर्नु भएको छ । प्रस्तुत बजेट अनुसार गाउँपालिकाका लागि १९ करोड ८४ लाख ३९ हजार २ सय ९० रुपैंया रहेको छ । यो शर्सत,समपुरक तथा बिशेष अनुदान बाहेकको रकम हो । यस्तै पालिका भित्रका ६ वटा वडामध्ये वडा नं १ लाइ ७० लाख,वडा नं २ र वडा नं ६ लाइ ६०–६० लाख,वडा नं ३ लाइ ५० लाख र वडा नं ३ र ४ लाइ ४५–४५ लाख रुपैंया गरी जम्मा ३ करोड ३० लाख रकम बिनियोजन भएको छ । यस्तै स्वास्थ्य शाखा शर्सत अनुदान चालूतर्फ ३ करोड ४ लाख र बित्तीय समानीकरण ८८ लाख रुपैंया गरी ३ करोड ९२ लाख रुपैंया बिनियोजन भएको छ । शिक्षा,युवा तथा खेलकुद शाखातर्फ सर्शत अनुदान १२ करोड २४ लाख र बित्तीय समानीकरणतर्फ १ करोड २४ लाख ९० हजार बिनियोजन गरिएकोमध्ये शिक्षातर्फ ९७ लाख ९० हजार र खेलकुदतर्फ ४६ लाख गरी जम्मा १३ करोड ६७ लाख ९० हजार रुपैंया बिनियोजन भएको छ ।

कृषि शाखा अन्र्तगत सर्शत अनुदान चालूतर्फ ४० लाख तथा बित्तीय समानीकरणतर्फ ५५ लाख ५० हजार गरी ९५ लाख ९० हजार बिनियोजन भएको छ । यस्तै पशु सेवा शाखालाइ ३८ लाख ३५ हजार बिनियोजन भएको छ । महिला,बालबालिका र जेष्ठ नागरिकतर्फ २० लाख,लघु उद्यम विकास कार्यक्रमका लागि ३० लाख,राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाइ १० लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७० लाख बिनियोजन भएको छ । यस्तै शर्सत अनुदान पुँजीगततर्फ प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ ३ लाख,स्वास्थ्य शाखालाइ ४ लाख,राष्ट्रिय ग्रामीण तथा नविकरणीय उर्जा कार्यक्रमलाइ १० लाख बिनियोजन भएको छ । वडा नं २ र वडा नं ४ जोड्ने फावाखोला मोटरेवल पुलका लागि १ करोड बिनियोजन भएको छ । सेरुपा झोलुङ्गे पुलका लागि ३ लाख,वडा नं २ को खेलकुद पूर्वाधारका लागि ८ लाख,प्रमुख प्रशासकीय भवनका लागि १ करोड ५० लाख र वडा नं २ र वडा नं ५ जोड्ने फावाखोला मोटरेबल पुलका लागि ५० लाख बिनियोजन भएको छ ।

मैवाखोला गाउँपालिका: साढे ३७ करोड
बिहीबार मैवाखोला गाउँपालिकाले ११ औं गाउँसभा तथा अधिवेशन आयोजना गर्दै आगामी आवको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको हो । बाँकी ८ ओटा पालिकाले भने भोलि शुक्रबार सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिँदै आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । गुणस्तरीय शिक्षाका लागि मैवाखोला माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्तरवृद्धि गर्नेसहित पालिकाभरका विद्यालयमा प्रभावकारी शिक्षण गर्ने नीति अघि सारिएको छ । यस्तै स्वास्थ्यतर्फ पालिकाभित्रै चिकित्सक उत्पादन गर्नेगरी स्वास्थ्य नीति गाउँपालिकाले ल्याएको छ । कृषिलाई प्राथमिकता दिँदै अर्गानिक पालिकाका रुपमा स्थापित गर्नेगरी कृषि नीतिलाई जोड दिइएको छ ।
यता आगामी आवको बजेट भने कुल ३७ करोड ५४ लाख २२ हजार रुपियाँ रहेको छ । चालूतर्फ बाहेकको बजेटलाई गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रमलाई नै प्रभावकारी कार्यान्वयन गर्नेगरी विभिन्न योजना बनाएर बजेट विनियोजन गरिएको छ । सङ्घ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोहीअनुसार कार्यान्वयन गर्नेगरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले जानकारी दिनुभयो ।

मेरिङ्देन गाउँपालिकाः ४२ करोड ३० लाख
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४२ करोड ३० लाख २० हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेको छ । पालिकाका उपाध्यक्ष दुर्गाहाङ चोङ्बाङले प्रस्तुत गर्नुभएको बजेट अनुसार चालुतफै २८ करोड ६१ लाख २७ हजार र पूजीँगत तर्फ १३ करोड ६८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

फक्ताङलुङ गाउँपालिकाः ४४ करोड बढि
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड बढिको बजेट गाउँसभामा पेश पेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर