ताप्लेजुङको मैवाखोला गाउँपालिकाको बजेट साढे ३७ करोड - Epathivara

ताप्लेजुङ, असार ९ गते । ९ ओटा स्थानीय तह रहेको ताप्लेजुङमा मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार मैवाखोला गाउँपालिकाले ११ औं गाउँसभा तथा अधिवेशन आयोजना गर्दै आगामी आवको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको हो । बाँकी ८ ओटा पालिकाले भने भोलि शुक्रबार सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

 

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिँदै आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । गुणस्तरीय शिक्षाका लागि मैवाखोला माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्तरवृद्धि गर्नेसहित पालिकाभरका विद्यालयमा प्रभावकारी शिक्षण गर्ने नीति अघि सारिएको छ । यस्तै स्वास्थ्यतर्फ पालिकाभित्रै चिकित्सक उत्पादन गर्नेगरी स्वास्थ्य नीति गाउँपालिकाले ल्याएको छ । कृषिलाई प्राथमिकता दिँदै अर्गानिक पालिकाका रुपमा स्थापित गर्नेगरी कृषि नीतिलाई जोड दिइएको छ ।
यता आगामी आवको बजेट भने कुल ३७ करोड ५४ लाख २२ हजार रुपियाँ रहेको छ । चालूतर्फ बाहेकको बजेटलाई गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रमलाई नै प्रभावकारी कार्यान्वयन गर्नेगरी विभिन्न योजना बनाएर बजेट विनियोजन गरिएको छ । सङ्घ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोहीअनुसार कार्यान्वयन गर्नेगरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर