काठमाडौं : वैशाखयता विपदका घटनामा ८२ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार गत वैशाख १ देखि बुधबारसम्म ८०५ वटा विपद्का घटना भएका छन् ।
सबै भन्दा बढी चट्याङ लागेर २७ जनाको मृत्यु भएको छ । त्यस्तै वन्यजन्तुको आक्रमणबाट १२, पहिरोमा परेर १०, आगलागीबाट १९ र हावाहुरीको कारण आठजनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार सर्पदंशबाट ३ र बाढीका कारण दुईजनाको मृत्यु भएको छ । यी घटनामा १८७ जना घाइते भएका छन् भने एक हजार ६९ परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार यो अवधिमा ५७ करोड ३६ लाख भन्दा बढीको भौतिक क्षति भएको छ ।