भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवस मनायो - Epathivara

भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवस–२०२२ मनाएकाे छ ।राजदूतावासले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनाएको हो । कार्यक्रममा प्रधानमन्त्री देउवाले योग अभ्यासले शरीर र दिमाग दुवैलाई सकारात्मक उर्जा दिने र योगलाई दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा सञ्चार तथ सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबैलाई नियमित योग गर्नुपर्ने बताए । त्यस्तै दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले योगको प्राचिन परम्परा दुई देशको साझा सभ्यता सम्पदा रहेको चर्चा गर्दै यसलाई सम्पूर्ण मानवजातीको कल्याणका लागि विस्तार गर्नुपर्नेमा जोड दिइन् । यो कार्यक्रम जारी आजादीका अमृत महोत्सव’अन्तर्गतको उत्सव कार्यक्रमहरूमध्येको एक हो । यस वर्षको योग दिवसको नारा ‘मानवताका लागि योग’ रहेको छ ।
कार्यक्रममा भारत सरकारको आयुष मन्त्रालयद्वारा स्वीकृत व्याख्यानसहितको साधारण योग विधि प्रस्तुत गरिएको थियो । योगमा अभिरुचि भएका करिब ६०० जनाले उक्त योग सत्रमा सहभागी थिए ।
सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा १७७ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात सन् २०१५ यता हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय