जिल्ला भलिवल संघ ताप्लेजुङको अध्यक्षमा विमल भण्डारी - Epathivara

ताप्लेजुङ । जिल्ला भलिवल संघ ताप्लेजुङको अध्यक्षमा विमल भण्डारी चयन भएकाछन् । मंगलबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा ९ सदसिय जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको हो ।

नयाँ कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ । जसको उपाध्यक्षमा प्रेमाहित लिम्बू, महासचिवमा अशोक आङबुहाङ चयन भएको पूर्व जिल्ला सदस्य तथा प्रदेशिक रेफ्री रक्की थेबेले जानकारी दिए ।

उनका अनुसार सदस्यमा गिरीराज श्रेष्ठ, दुर्गाराज लिम्बू, दावा नुपू शेर्पा, दिलेन्द्र राई र दिलु फुरुम्बो रहेकाछन् । अव कोषाध्यक्ष सहित ५ जना मनोनीत हुनेछन् । जसमा दुई सदस्य जिल्ला खेलकुद विकास समितिले मनोनीत गर्नेछ भने अन्य कार्यसमितिले गर्नेछ ।


यसअघि संघको उद्घाटन सत्र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र कुमार लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेन, भलिबल संघका केन्द्रिय सचिव मदन खड्का, प्रदेश महासचिव लेखनाथ पराजुली, जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिम लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले भलिवल खेलको विकासका लागि स्थानीय तह सहितका सरकारहरुले भौतिक विकास सहित खेलाडीहरुको क्षमता विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिएको निर्वतमान अध्यक्ष थर्क कुमार चोङ्वाङ ‘दिवश’ले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर