ताप्लेजुङको मामांखेका २० परिवार पहिरोले विस्थापित, घाइतेलाई हेलिकोप्टरबाट पाँचथर ल्याइयो - Epathivara

ताप्लेजुङ — दिनहुँजसोको वर्षाका कारण सिरिजंगा गाउँपालिका–६ मामांखेका २० परिवार विस्थापित भएका छन् । पहिरोमा परी घाइते भएका एक जनालाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल पुर्‍याइएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलका अनुसार सोमबार बेलुकाको पहिरोमा भाग्ने क्रममा बुद्धिराज लिम्बू घाइते भएका हुन् । लिम्बूसहित दुई जना कुरुवालाई नेपाली सेनाको हेलिकोप्टरबाट फिदिम पुर्‍याइएको हो ।

विस्थापितलाई सेनाको हेलिकोप्टरले पाल, कम्बल, चामल लगायतका खाद्य सामग्री पुर्‍याइएको पोख्रेलले बताए । ‘आज यही गाउँपालिका ६ खेवाङको राहत सामग्री लैजानु थियो,’ पोख्रेलले भने, ‘हिजो बेलुका मामांखेमा पनि विस्थापित भएपछि एक ट्रिप सामान त्यहाँ झारेका छौं ।’

विस्थापित परिवार स्कुल र सुरक्षित ठाउँमा बसेको पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर