कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ मा पर्ने धानखोलामा पहिरो सहितको लेदोले बगाउदा दुई जना भारतीय वेपत्ता भएका छन ।
प्युठानको स्वर्गद्धारीबाट दर्शन गरी लु २ ख २७१६ नम्बरको फोर्सबाट फर्किदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिरोको लेदोले बगाएको हो ।
भारतको बलरामपुर जिल्ला बस्ने बर्ष १७ का निखिल कौशाल, बर्ष १८ सुरज सोनीलाई पहिरोको लेदाले बगाउदा वेपत्ता भएका छन ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने खोलमा भारतीय नागरिकहरु फोर्सबाट झरेर आउदै गर्दा अचानक आएको पहिरोले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
हराएको भारतीय नागरिकहरुको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक कपिल जंग शाहीले जानकारी दिनुभयो ।