यासिन मलिक दोषी ठहर भएपछि पाकिस्तानको वास्तविक अनुहार पर्दाफास - Epathivara

नयाँ दिल्ली। काश्मीरी अलगाववादी नेता यासिन मलिक दोषी ठहस भए सजाय तोकिएपछि पाकिस्तानको वास्तविक अनुहार उजागर गरेको अजमेर दरगाहका आध्यात्मिक नेताले बताएका छन्।

अध्यात्मिक प्रमुखले ट्वीट गरेका छन्, ‘पाकिस्तानको वास्तविक अनुहार विश्वसामु पर्दाफास भइरहेको छ। कसरी पाकिस्तानले यासिन मलिक जस्ता व्यक्तिहरू मार्फत भारतमा आतंकवादी फन्डिङ गर्छ, भारतमा आतंकवादलाई उक्साउँछ र काश्मीरमा आतंकवादी घटनाहरू गराउँछ र पुस्तकहरू खोसेर निर्दोष काश्मीरीहरूको हात बन्दुक थमाउँछ भनेर स्पष्ट भएको छ।’

दिल्लीको एक अदालतले बुधबार काश्मीरी पृथकतावादी नेता यासिन मलिकलाई आजीवन कारावासको सजाय सुनाएको छ। अदालतले उनलाई १० लाख रुपैयाँ जरिवाना समेत गरेको छ।

जम्मू र काश्मीर लिबरेशन फ्रन्ट प्रमुखले जनवरी १९९० मा एक आतंकवादी हमलामा चार भारतीय वायुसेना जवानहरूको हत्या भएको थियो। उक्त घटनाका मुख्य दोषी यासिन मलिकलाई ठहर्याइएको छ। उनले आतंकवादसँग सम्बन्धित २०१७ को मुद्दामा लगाइएका आरोपहरू स्वीकार गरेका छन् र पृथकतावादी गतिविधिहरू भइरहेका छन्।

यसअघि बुधबारको कारबाहीको क्रममा एनआईएले मलिकलाई मृत्युदण्डको माग गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर