ताप्लेजुङमा आगलागी हुँदा करिब साढे ९ लाख रुपैँयाको क्षति - Epathivara

कृष्ण फुरुम्बो लिम्बू
ताप्लेजुङ, असार ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका ५ चाक्सिबोटेमा स्थानीयको एक घरमा आगलागी हुँदा करिब साढे ९ लाख रुपैँया बराबरको क्षति भएको छ ।

 

 

वडा कार्यालय समेत भाडामा रहेको स्थानीय मान बहादुर राईको घरमा आईतबार आगलागी हुँदा ९ लाख ५० हजार रुपैँया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार ५ नं. वडा कार्यालय चाक्सिबोटको करिब ६ लाख ५० हजार र राईको ३ लाख रुपैँया क्षति भएको छ । वडा कार्यालयमा ल्यापटप, प्रिन्टर, फर्निचर साथै महत्वपुर्ण कागजातहरु समेत जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

करिब साढे १० बजेको समय विद्युत सर्ट भएर आगलागी भएको हो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर