चोरीको मोटरसाइकलसहित चाेर्ने युवक पक्राउ - Epathivara

काठमाडौं : उपत्यका ट्राफिक प्रहरीले चोरीको मोटरसाइकल सहित चोरी गर्ने युवकलाई नियन्त्रणमा लिएको छ।

 

आइतबार नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२ ०१५ प ४४०० नम्बरको सेतो २०० सिसीको चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका ११ घर भई कलंकी बस्ने २३ वर्षका प्रताप तामाङ पक्राउ परेका हुन्। ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीका अनुसार हराएका मोटरसाइकलहरु चोरी कार्यमा संलग्नलाई खोजी गर्ने क्रममा सादा पोशाकमा खटिएका प्रहरी टोलीले ललितपुर महानगरपालिका ५ को महालक्ष्मी सडक खण्डबाट उनलाई पक्राउ गरेको हो।

 

बरामद मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२ ०१२ प ८२०६ रहेको खुलेको जोशीले जानकारी दिए। बरामद भएको मोटरसाईकल झुलपोखरी मच्छेगाउँ थानकोटबाट हराएको भन्दै विविध विष्टले ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए। पक्राउ परेका तामाङसहित मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ। ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरुबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने व्यक्तिहरुको सूचना संकलन तथा निगरानी राखी विशेष कारवाही अभियान चलाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय